राजनीति

संवैधानिक परिषदको बैठक सुरु, सभामुख र देउवा अनुपस्थित

संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। अध्यादेश जारी भएपछि बैठक बसेको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन्। अध्यादेश अनुसार बहुमत सदस्य उपस्थित भएपछि कोरम पुग्ने व्यवस्था छ।  

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित छन्। उपसभामुखको पद भने रिक्त छ।

 

प्रकाशित: ३० मंसिर २०७७ १२:२६ मंगलबार

संवैधानिक परिषद अध्यादेश