राजनीति

अध्यादेश जारी भएपछि दाहालसहितका नेताहरु छलफलमा

सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका नेकपा नेताहरु छलफलमा जुटेका छन्।

नेकपा कार्यकारी अध्यक्ष दाहाल निवासमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु छलफलमा जुटेका हुन्।

यस अघि अध्यक्ष दाहालले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता गर्नु पर्ने बताएका थिए। अध्यादेश बदनियतपूर्ण तरिकाबाट ल्याइएको भन्दै उनले त्यसलाई तुरुन्त खारेज गर्न भनेका थिए।  

वुधबार नेकपाको स्थायी कमिटी बैठक बस्दैछ। बैठकमा अध्यादेशको विषयमा छलफल गरिने नेताहरुले बताएका छन्।

सरकारले बहुम सदस्यको उपसथितिमा बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश ल्याएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले उक्त अध्यादेश आज नै जारी गरेकी हुन्।

 

प्रकाशित: ३० मंसिर २०७७ ११:२१ मंगलबार

नेकपा संवैधानिक परिषद अध्यादेश