राजनीति

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे जनार्दन शर्माको टिप्पणी : हतास मनस्थिति

सत्तारूढ दल नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले मंगलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न सरकारसँग माग गरेका छन्।

राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै नेता शर्माले सामाजिक सञ्जालमार्फत सम्बन्धित पक्षलाई हतास मनस्थिति बाट मुक्त हुन आग्रह गरेका हुन्।

‘फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन,’ पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले ट्विटरमा लेखेका छन्, ‘हतास मनस्थितिबाट मुक्त होऔं। अध्यादेश फिर्ता गर ।!

प्रकाशित: ३० मंसिर २०७७ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App