राजनीति

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्‍न आदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार आइतबार अदालतमा उपस्थित भएका उनलाई थुनामा पठाउने आदेश दिएको हो।  

विशेष अदालतका न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेक हुन्।

बस्न्यात विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो। बस्न्यातलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोग छ।

प्रकाशित: २८ मंसिर २०७७ १४:२० आइतबार