राजनीति

जनयुद्धको भद्दा नक्कल गरेर ‘नीतिकथाको बाँदर नबन्न’ विप्लव समूहलाई डा. भट्टराईको सुझाव

फाइल तस्बिर : विप्लव र डा.भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई गलत नीति त्याग्न र सरकारलाई सार्थक वार्ता गर्न आग्रह गरेका छन्।  

जनयुद्धको भद्दा नक्कल नगर्न आग्रह गर्दै तत्कालीन विद्रोही माओवादीका एक शीर्ष नेतासमेत रहेका डा.भट्टराईले अन्यथा नीति कथाको बाँदरले दारी खौरिन खोज्दा भएजस्तै हाल विप्लव समूहको हुने चेतावनी पनि दिएका छन्।  

‘चन्द समूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेर नीति कथाको बाँदरले मान्छेले दारी खौरेको नक्कल गर्न खोज्दा आफ्नै नाक काटेको सम्झना गराइरहेछ,’ पूर्वप्रधानमन्त्री डा. भट्टरार्ईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘व्यक्ति हत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ। चन्द समूहले गलत नीति त्यागोस्, राज्यले सार्थक वार्ता गरोस्।’

प्रकाशित: २७ मंसिर २०७७ ०७:१२ शनिबार

विप्लव डा. भट्टराई