राजनीति

नेकपाभित्र जारी विवादबारे ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

फाइल तस्बिर

पार्टीभित्र जारी विवाद समाधानका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएको छ।  

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच करिब डेढ घण्टा छलफल भएको हो।  

बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षबीच संवाद भए पनि कुनै निकास भने निस्कन सकेन।  

ओलीलाई भेट्न प्रचण्ड बुधबार बिहान ११ बजे बालुवाटार पुगेका थिए।

यो पनि पढ्नुहोस्

नेकपा विवाद: शक्ति सञ्चयमा अध्यक्षद्वय 

प्रकाशित: २४ मंसिर २०७७ ०९:३२ बुधबार

ओली र प्रचण्ड