राजनीति

तनहुँमा कांग्रेसका वरिष्ठ नेता पौडेललाई प्रहरीले गिरफ्तार गरेपछि निधिले भने : तानाशाही सरकार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति विरोध जनाउँदै पार्टीका उपसभापति विमलेन्द्र निधिले सरकारको कडा आलोचना गरेका छन्।  

तनहुँमा बुधबार पुल उद्घाटनका क्रममा विवाद भएपछि प्रहरीले वरिष्ठ नेता पौडेलसहित कांग्रेस कार्यकर्तालाई गिरफ्तार गरेको छ।

घटनालगत्तै सामाजिक सञ्जालमार्फत पूर्वगृहमन्त्री निधिले सरकारलाई तानाशाहीको संज्ञा दिएका हुन्।  

‘नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित तनहुँका दर्जनौं कांग्रेस नेताहरूलाई लछारपछार गरी गिरफ्तार गरेकोमा सरकारको घोर भत्सर्ना गर्दछु,’ नेता निधिले ट्विट गरेका छन्, ‘स्थानीय तहले निर्माण गरेको र स्थानीय तहले नै निर्णय एवं आयोजना गरेको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघीयताविरोधी र तानाशाही काम हो।’ 

यो पनि पढ्नुहोस्

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

प्रकाशित: १७ मंसिर २०७७ १०:४७ बुधबार

कांग्रेस पौडेल निधि