राजनीति

डिआइजी विश्वराज पोखरेल एआइजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको छ। सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।  

गृह मन्त्रालयमा सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गरिएको एआइजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ। पोखरेल उप–प्रधानमन्त्री ईश्वर पोखरेलका नाता पर्छन्।

प्रकाशित: १५ मंसिर २०७७ १३:३७ सोमबार

डिआइजी विश्वराज पोखरेल नेपाल प्रहरी