राजनीति

देशको नेतृत्व ओलीजस्ता जनयुद्धविरोधीको हातमा पुग्नु विडम्बनापूर्ण : डा.भट्टराई

१० वर्षदेखिको सशस्त्र द्वन्द्व अन्त्य गर्दै तत्कालीन माओवादी र सरकारबीच भएको शान्ति सम्झौताको सम्झना गर्दै तत्कालीन एक योद्धा डा. बाबुराम भट्टराईले आफूहरूको ‘त्यत्रो विशाल क्रान्ति’बाट प्राप्त गणतन्त्रको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीजस्ता  ‘जनयुद्धविरोधी’को हातमा पुग्नु विडम्बना भएको टिप्पणी गरेका छन्।  

शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको दिन आज मंसिर ५ गते पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराईले सामाजिक सञ्जालमा शान्ति सम्झौतामा हस्ताक्षर भइरहेको तस्बिर राख्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका हुन्।  

यस्तो छ डा.भट्टराईले फेसबुकमा लेखेको वक्तव्यको पूर्णपाठ

सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व गर्दै आइरहेको माओवादी र नेपाल सरकारबीच बृहत् शान्ति-सम्झौता भएको (२०६३ मंसिर ५ गते) आज १४ वर्ष पूरा! 

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक!

नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भुइँचालोले झैं हल्लाइदिने त्यत्रो विशाल क्रान्तिपछि देशको नेतृत्व ओलीजस्ता जनयुद्धविरोधीको हातमा पुग्नु र शान्ति-सम्झौतामा भएका आर्थिक-सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्बनापूर्ण!  

अब फेरि २०५२ सालयताका जनयुद्ध, जनआन्दोलन, मधेस जनविद्रोहरआन्दोलन, जनजाति आन्दोलन, थरुहटरथारुवान आन्दोलनलगायतका क्रान्तिकारी शक्तिहरूको बृहत् ध्रुवीकरण गरेर देशलाई अग्रगमन र समृद्धिको दिशामा लैजाने आँट गर्ने हो कि?

प्रकाशित: ५ मंसिर २०७७ ०८:१९ शुक्रबार

ओली डा.भट्टराई शान्ति सम्झौता