राजनीति

नेपाल प्रहरीमा थपियो एक एआईजी र पाँच डीआईजीको दरबन्दी

सरकारले नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका लागि एक एआइजी दरबन्दी थप गरेको हो। गृह मन्त्रालयले एक एआईजीसहित पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद बैठकले थप गरेको हो।  

हाल नेपाल प्रहरीमा तीन एआईजी दरबन्दी कायम रहेको छ। जसमा अपराध अनुसन्धान विभागमा हरिबहादुर पाल, मानव स्रोत विभागमा निरजबहादुर शाही र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रधुम्न कार्की रहेका छन्। थप भएको दरबन्दी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहनेछ। दरबन्दी थप गरेसँगै गृह मन्त्रालयले बढुवा प्रकृया अघि बढेको जनाएको छ। 

हाल एक नम्बरमा रहेका डिआईजी विश्वराज पोखरेल एआईजीको हकदार रहेका छन्।

प्रकाशित: ४ मंसिर २०७७ ११:३७ बिहीबार

दरबन्दी थप नेपाल प्रहरी