राजनीति

नेकपा सचिवालय बैठक १० दिनलाई स्थगित, ओलीले छुट्टै राजनीतिक प्रस्ताव ल्याउने

नेकपा सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ। आज १ बजे बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्को बैठकमा आफ्नो राजनीतिक प्रस्ताव पेस गर्ने बताएका छन्। सचिवालयको अर्को बैठक मंसिर १३ गते, स्थायी समिति १८ गते र केन्द्रीय समिति बैठक २५ गते बस्ने नेताहरुबीच सहमति भएको छ। यस अघि मंसिर १५ लाई केन्द्रीय समिति बैठक बोलाइएको थियो।

 

 

 

प्रकाशित: ३ मंसिर २०७७ ०९:२९ बुधबार

नेकपा सचिवालय बैठक