राजनीति

सचिवालय बैठक बस्नुअघि ‘प्रचण्ड, वामदेव र माधव’लाई नेतृ रामकुमारी झाँक्रीको चेतावनी

सत्तारूढ दल नेकपाकी नेतृ रामकुमारी झाँक्रीले शीर्ष नेताहरूलाई आपसमा मिल्न आग्रह गरेकी छन्।  

पार्टीको सचिवालय बैठक बस्नुअघि तत्कालीन एमाले खेमाकी नेतृ झाँक्रीले सामाजिक सञ्जालमा लेख्दै बैठकबाटै विवादको समाधान गर्न अपिल गरेकी हुन्।

यो पनि पढ्नुहोस्

१ बजे नेकपा सचिवालय, २ बजे मन्त्रिपरिषद्

‘नेकपाको यो सकसले निकास पाउनुपर्छ। यो दल सामाजिक संस्था र सामाजक पुँजी दुवै हो। त्यसैले जनताप्रति जवाफदेही देखिनु पर्ला : ‘मिल्ने’ व्यक्तिको लेनदेनले मिल्ने होइन, मिल्ने बिन्दु पार्टीको विधि र पद्धति हो। त्यही विधि प्रक्रियामा गएर मिल्नुपर्छ,’ झाँक्रीले ट्विटरमा लेखेकी छन्।  

साथै चेतावनी दिँदै उनले अगाडि लेखेकी छन्, ‘बैठक, विधि छाडेर अँध्यारो कोठाका स्वार्थ समूहसँग गरेको लेनदेनमा खाएको धोका कम्तीमा कमरेड प्रचण्ड, कमरेड वामदेव र कमरेड माधवले नभूलून्।’

प्रकाशित: ३ मंसिर २०७७ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App