राजनीति

सशस्त्र प्रहरीका ३८ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस (सूची)

सशस्त्र प्रहरी बलका ३८ इन्सपेक्टर (सशस्त्र प्रहरी निरीक्षक) डिएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) मा बढुवाका लागि सिफारिसमा परेका छन्।

शुक्रबार बसेको सशस्त्र प्रहरी बल, बढुवा समितिको बैठकले उनीहरूलाई बढुवामा सिफारिस गरेको हो। सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) (ग) बमोजिम बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीले बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

बढुवा सिफारिसप्रति चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सकिने सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलद्वारा जारी सूचनामा जनाइएको छ।  

हेर्नुहोस्, सूची :

प्रकाशित: २८ कार्तिक २०७७ १७:०० शुक्रबार

सशस्त्र प्रहरी बल बढुवा