राजनीति

प्रधानमन्त्री निवासमा बन्यो अत्याधुनिक हेलिप्याड

प्रधानमन्त्री निवासमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त हेलिप्याड नागरिक उड्डयन प्राधिकरण (क्यान) को मापदण्डअनुसार बनाइएको छ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा निर्मित हेलिप्याडबाट संखुवासभाका लागि पहिलो उडान गरेका थिए। साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै नेपाली सेनाको एमआई १७ हेलिकप्टर अवतरण गरिएको थियो।

बालुवाटारमा हेलिप्याड निर्माण भएपछि एयरपोर्ट जान-आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना नहुने थापाको भनाई छ।  

 

 

 

प्रकाशित: २७ कार्तिक २०७७ १०:२५ बिहीबार

प्रधानमन्त्री निवास हेलिप्याड निर्माण