सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद तीव्र बनिरहेका बेला यसका एक नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले कडा व्यंग्य गरेका छन्।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वाश पात्र ठानिने बास्कोटाले मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई कडा कारबाही गर्ने तयारी छ रे भन्ने सुनेकाे भन्दै व्यंग्य गरेका हुन्।
‘जिम्बाल बाका छिमेकीले भनेको दुई साताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारबाही गर्ने तयारी छ रे,’ फेसबुकमा उनले व्यंग्य गर्दै लेखेका छन्, ‘भर्खरै सुनाए। पत्यार नलागे पनि प्रतीक्षा त गर्नु परो अब।’
प्रकाशित: २५ कार्तिक २०७७ ११:११ मंगलबार