राजनीति

कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा खाँन नियुक्त

नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा नियुक्त भएका प्रदेशसभा सदस्य फकरुद्धिन खाँन । तस्बिर/नागरिक

लुम्बिनी प्रदेशमा प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा सांसद फकरुद्धिन खाँनलाई नियुक्त गरेको छ। प्रदेश सभा संसदीय दलका नेता विरेन्द्रकुमार कनौडीयाले सोमबार सांसद खाँनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। कांग्रेस संसदीय दलको बिधान २०७४ को दफा ११ को उपदफा १ बमोजिम नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा खाँनलाई नियुक्त गरिएको नेता कनौडीयाले बताए।  

खाँन रुपन्देही क्षेत्र नं. ५(२)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनी कांग्रेसका बौद्धिक युवा नेताका रुपमा परिचित छन्। प्रदेश सभामा पनि सरकारका नीतिगत तथा व्यवहारिक कमीकमजोरी तथा भ्रष्टाचारविरुद्ध र जनसरोकारका पक्षमा स्पष्ट रुपमा आवाज उठाउने सांसदका रुपमा चिनिन्छन्। प्रमुख सचेतक नियुक्त भएपछि खाँनले जन सरोकारका विषयलाई सदन मार्फत सरकार समक्ष पुर्‍याउदै सरकारलाई जिम्मेवार र जनउत्तरदायि बनाउन प्रतिपक्षले खेल्नु पर्ने भूमीकालाई अझ शसक्त बनाउन रचनात्मक भूमीका खेल्ने बताए।

यसअघि नेपाली कांग्रेस प्रदेश सभाको प्रमुख सचेतकमा बाँकेका सांसद सुरेन्द्र हमाल थिए। उनले पर्याप्त सयम दिन नसकेको भन्दै राजीनामा दिएपछि संसदीय दलका नेता कनौडीयाले सांसद खाँनलाई प्रमुख सेचतक नियुक्त गरेका हुन्। संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको गत माघमा निधन भएपछि कपिलबस्तुबाट निर्वाचित सांसद कनौडीया दलको नेता नियुक्त भएका थिए।

प्रकाशित: १८ कार्तिक २०७७ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App