राजनीति

राष्ट्रपतिको पारिवारिक दसैं

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना परिवासँग टीका र जमरा लगाउँदै विजयादशमी मनाएका दुई तस्बिर सार्वजनिक गरिएका छन्।  

राष्ट्रपतिको कार्यालय शीतलनिवासले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गरेको हो।  

सोमबार राष्ट्रपति भण्डारीले दसैंको टीका र जमरा लगाइदिएको तथा आफूले ग्रहण गरेका दुई तस्बिर ट्विटरबाट सार्वजनिक गरिएका हुन्। 

जसमा लेखिएको छ : ‘सम्माननीय राष्ट्रपतिज्यूको पारिवारिक दसैंका थप दुई तस्बिरहरू। दुवै तस्बिर कार्तिक १० गते विजयादशमीका दिनसँग सम्बन्धित छन्।’  

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारीले आफ्नी आमाबाट टीका र जमरा ग्रहण गरेकी थिइन् भने राष्ट्रपतिले आफ्ना दुई जोडी ज्वाइँ–छोरी र दुई नातिनी (दुवै छोरीका एक-एक छोरी) लाई टीका लगाइदिएकी थिइन्। 

 

प्रकाशित: ११ कार्तिक २०७७ ०६:०७ मंगलबार

राष्ट्रपति