राजनीति

काठमाडौं उपत्यकामा थपिए १ हजार १ सय १० संक्रमित

 पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ११० जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३२, भक्तपुरमा १०२ र ललितपुरमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २२ सय २५ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना देखिएको हो।  

 

प्रकाशित: ८ कार्तिक २०७७ ११:११ शनिबार

काठमाडौं उपत्यका कोरोना भाइरस