राजनीति

‘प्रधानमन्त्रीले टि्वट गरेकाे निशान छापकाे नक्सामा लिम्पियाधुरा खाेइ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैंको उपलक्ष्यमा ट्विट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नेपालको नक्सामा ‘लिम्पियाधुरा गायब गरिएको’ भन्ने हल्ला चलेपछि उनको सचिवालयले खण्डन गरेकाे छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गर्दै उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।  

प्रेस सल्लाहकार थापाले प्रेस नोटमा लेखेका छन्, ‘नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वाभाविक हो। यस तथ्यलाई केही ठूलो आकारको सोही नक्सामा प्रस्ट देख्न सकिन्छ। डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्छु।’

प्रकाशित: ७ कार्तिक २०७७ १४:२० शुक्रबार

लिम्पियाधुरा