राजनीति

कमल थापा आइसीयूमा भर्ना

फाइल तस्वीर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन्। कोरोना भाइरस (कोभिड १९)संक्रमित थापालाई शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो।

टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई आइसियूमा भर्ना गरिएको ओम अस्पतालले जनाएको छ। थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ। हाल ज्वरो नियन्त्रणमा रहेको र श्वासप्रश्वासमा पनि समस्या नरहेको अस्पतालले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७७ ०२:३७ आइतबार