राजनीति

प्रदेश ५ को प्रदेशसभा बैठकमा कांग्रेस सांसदद्वारा तोडफोड

देश ५ को प्रदेशसभा बैठकमा तोडफोड भएको छ। प्रदेशको राजधानीको विषयमा विमति राखेका कांग्रेस सांसदले बैठकमा तोडफोड गरेका हुन्। नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठक बसिरहेको छ।  

विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका हुन्। आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन्।  

 

 

 

प्रकाशित: १९ आश्विन २०७७ १०:१८ सोमबार

प्रदेश ५ तोडफोड