राजनीति

टुंगो लाग्यो राप्रपाको चुनाव चिह्न

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न टुंगो लागेको छ। दुई पार्टीबीच एकीकरणपछि पार्टीले हलो चुनाव चिह्न रोज्ने भएको छ। गत फागुन २८ गते तत्कालीन राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण भई राप्रपा गठन गरिएको थियो। एकीकरणपछि एकीकृत पार्टीले चुनाव चिह्न हलो राख्ने कि गाई भन्ने विषयमा सहमति जुटाउन नसक्दा निर्वाचन आयोगमा पार्टी एकीकरणसम्बन्धी दस्तावेज नै बुझाइएको थिएन।

तत्कालीन राप्रपाका नेताले एकीकृत पार्टीको चुनाव चिह्न गाई हुनुपर्ने अडान राखेका थिए भने तत्कालीन राप्रपा (संयुक्त)का नेताले हलो चिह्न हुनुपर्ने अडान राखेका थिए। सोमबार पुरानो राप्रपा र राप्रपा (संयुक्त)का शीर्ष नेताको छलफलपछि एकीकृत पार्टीको चुनाव चिह्न हलो राख्ने सहमति भएको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार चुनाव चिह्न र नवगठित पार्टीको विधान संशोधनको विषयमा मंगलबार आयोगमा दस्तावेज बुझाउने तयारी भएको छ।

प्रकाशित: ६ आश्विन २०७७ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App