राजनीति

शशांक कोइराला अस्पतालबाट डिस्चार्ज, तर केही दिन होम आइसोलेसनमा बस्नुपर्ने

फाइल तस्बिर : डा. शशांक कोइराला

कोरोना संक्रमण भएपछि ओम अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री  डा. शशांक कोइराला आज शनिबार डिस्चार्ज भएका छन्।  

स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार केही दिन होम आइसोलेसनमै बस्ने गरी उनी डिस्चार्ज भएका हुन्। यो जानकारी उनी आफैंले फेसबुकमार्फत दिएका हुन्।  

‘मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसँगै आजै ओम अस्पतालबाट डिस्चार्ज भएको छु,’ कांग्रेस महामन्त्री कोइरालाले फेसबुकमा लेखेका छन्, ‘चिकित्सकको सल्लाहबमोजिम अब केही दिन होम आइसोलेसनमै रहने छु।’

प्रकाशित: ३ आश्विन २०७७ ०९:०२ शनिबार

डा. शशांक कोइराला