राजनीति

प्रहरीलाई गगन थापाको आग्रह : आदेश पालन गर्ने नाममा संयम नगुमाउनुहोस्

नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको दमनको निन्दा गरेका छन्।  

शनिबार फेसबुकमा स्टाटस लेख्दै कांग्रेसका केन्द्रीय सदस्य थापाले नेपाल प्रहरीलाई आदेश पालन गर्ने नाममा संयम नगुमाउन आग्रहसमेत गरेका छन्।  

‘शान्तिपूर्ण प्रदर्शनमा भएका शृंखलाबद्ध दमन निन्दनीय छ। यो ड्युटीका प्रहरीको आकस्मिक प्रतिक्रिया मात्र होइन विमति राख्नेलाई तर्साउने सरकारी रवैया हो,’ थापाले नेपाल प्रहरीलाई मेन्सन गर्दै फेसबुकमा लेखेका छन्,‘आदेश पालन गर्ने नाममा संयम नगुमाउनोस्।’

साथै थापाले अगाडि लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, स्मरण होस्, दमनले जनआवाज बन्द गर्ने हतियार उहिले नै भुत्ते भइसक्यो।’

खासगरी नेपाल विद्युत् प्राधिकरणका निवर्तनमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनःनियुक्ति गर्न माग गर्दै काठमाडौंमा केही दिनयता जनप्रदर्शन भइरहेको छ। त्यस क्रममा प्रहरीले दमन गरेको खबर आइरहेका छन्। 

प्रकाशित: ३ आश्विन २०७७ ०७:२१ शनिबार

गगन थापा नेपाल प्रहरी दमन