राजनीति

नेपालले नयाँ नक्सासम्बन्धी पाठ्यपुस्तक बनाएपछि भारतमा खैलाबैला

नेपालले नयाँ नक्साअनुरूप कालापानी, लिपुलेक एवं लिम्पियाधुरासहित आफ्नो देशका भूभाग एवं सीमा क्षेत्रबारे नेपाली नागरिकलाई सत्यतथ्य जानकारी गराउने उद्देश्यले विद्यालय तहमै यस विषयको पाठ्यक्रम राखेपछि भारतमा खैलाबैला भएको छ।

‘नेपालले भारतको भूभागलाई आफ्नो भन्यो’ भन्दै त्यहाँको अंग्रेजी अखबार टाइम्स अफ इन्डियाले प्रमुख खबर बनाएको छ।  

‘नयाँ नक्सा जारी गरेको तीन महिनापछि नेपालको स्कुलको किताबमा उत्तराखण्डको पिथौरागढलाई आफ्नो भनेको’ भनेर उक्त अखबारले खबर लेखेको हो।  

युवा पुस्तालाई राष्ट्रको सीमा तथा भूमिबारे सही जानकारी दिने उद्देश्यले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामाग्री’ किताब गत मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले अनलाइन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन्।  

कक्षा ९ देखि १२ सम्म अध्ययन गराइने यो किताबमा भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे तथ्य प्रमाणसहितको पाठ्य सामग्री राखिएको छ।

यो पनि पढ्नुहोस्

कालापानी, लिपुलेक अब पाठ्यपुस्तकमा

प्रकाशित: २ आश्विन २०७७ ०७:१० शुक्रबार

नेपाल-भारत सीमा