राजनीति

सहकारी पार्टी, विवेकशील नेपाली दलमा सम्मिलित

विवेकशील नेपाली दल र सहकारी पार्टी नेपालबीच सम्मिलन सम्झौतामा हस्ताक्षर भएको छ। हस्ताक्षर भएसँगै दुई दल एकीकृत भएका छन्। विवेकशील नेपाली दलको सङ्घीय समितिको बैठकबाट पारित 'एकीकरण, तथा सहकार्य (सम्बन्धको) नियमावली'को जगमा दलको राजनीतिक दस्ताबेजको बुँदा नं २२ ( उन्नत प्रगतिशील लोकतान्त्रिक वृहत् एवं साझा गठबन्धनको विवेकशील नेपालीले नेतृत्व गर्ने ) अनुरूप यो प्रक्रिया सम्पन्न भएको हो।  

विवेकशील नेपाली दल २०६९ देखि नेपालमा वैकल्पिक सुसंस्कृत राजनीति गर्दै सक्रिय छ भने सहकारी पार्टी नेपाल सहकारी आन्दोलनलाई संस्थागत गर्ने र उत्पादनमा केन्द्रित गर्ने नीति तय गर्दै राजनीतिमा सहकारी संस्कृति (सहकार्य, सहमति र मेलमिलापको संस्कार) स्थापित गर्ने उद्देश्य लिएर २०७० सालदेखि देखी सक्रिय थियो।

सम्मिलन सम्झौता पत्र अनुसार एकीकृत दलको नाम "विवेकशील नेपाली दल" नै रहने र विधान र राजनीतिक दस्ताबेज पनि विवेकशील नेपाली दलकै कायम रहने जनाइएको छ। कार्तिकमा विवेकशील नेपाली दलको नीति तथा राष्ट्रिय सम्मेलनबाट निर्वाचित सङ्घीय समिति  बिस्तार गर्दै सहकारी पार्टीका केन्द्रीय पदाधिकारीलाई स-सम्मान सम्मिलित गरिने  सहमति भएको छ। अन्य तहगत नेतृत्वका हकमा क्षमता र योग्यताका आधारमा उचित जिम्मेवारी प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ।

 

 

 

प्रकाशित: २२ भाद्र २०७७ ०८:५५ सोमबार

विवेकशील नेपाली दल