पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले भर्खरै अर्थमन्त्री पदबाट बिदा लिएका डा. युवराज खतिवडाले अर्थतन्त्रलाई गुणात्मक फड्को दिने अवसर हुँदाहुँदै पनि काम नगरेको आरोप लगाएका छन् ।
पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले आफ्नो ट्विटरमार्फत दुईतिहाइ बहुमतको सरकार हुँदा पनि डा. खतिवडाले आफ्नो कार्यकाल कनिका छरेरै बिताएको टिप्पणी गरेका हुन् ।
‘डा. खतिवडाको बिदाइमा आँसु चुहाउने ठाउँ छैन । २/३ (दुईतिहाइ) निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताए,’ डा. भट्टराईले ट्विट गरेका छन्, ‘विज्ञका रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले । ओलीको निरंकुश, भ्रष्ट र गफास्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन । न रुनु न हाँस्नु !
प्रकाशित: २० भाद्र २०७७ ०८:०६ शनिबार