राजनीति

प्रणव मुखर्जीको निधन : नेपालले एक असल मित्र गुमायो

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू मर्माहत भएको बताएकी छन् ।  

मुखर्जीको निधन भएको लगत्तैजसो सोमबार साँझ ट्विट गरेर राष्ट्रपति भण्डारीले नेपालले एक असल मित्र गुमाएको भन्दै दुःख प्रकट गरेकी हुन् ।  

नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति भण्डारीले समवेदना व्यक्त गरेकी छन् ।  

ट्विटरमा लेखेकी छन्- ‘उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ ।’

 

यो पनि पढ्नुहोस्

कोरोनाबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

 

प्रकाशित: १५ भाद्र २०७७ १४:११ सोमबार

भारत राष्ट्रपति