राजनीति

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद

फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ। भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली र समकक्र्षी मोदीबीच टेलिफोन संवाद भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।  

दुबै देशका प्रधानमन्त्रीबीच भएको कुराकानीका बारेमा भने  परराष्ट्र मन्त्रालयले जानकारी दिने उनले बताए।  ‘प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ। अन्य जानकारी परराष्ट्र मन्त्रालयबाट आउनेछ,’ थापाले भने।

प्रकाशित: ३१ श्रावण २०७७ ०८:२५ शनिबार

नेपाल_भारत_कूटनीति