राजनीति

कार्यकर्तालाई कमाउ धन्दामा लगाएर सरकार आफु पनि भ्रष्टाचारमा लिप्त भयो : कांग्रेस नेता शाहा

३८ औं विपि स्मृति दिवशमा बुटवलको विपि चोकमा रहेको विपिको शालिकमा मल्यापर्ण कार्यक्रममा सहभागी रुपन्देहीका कांग्रेस नेताहरु । तस्बिर : रेखा/नागरिक

नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोईरालाको स्मृतीमा नेपाली कांग्रेस रुपन्देहीले वृक्षारोपण लगायतका कार्यक्रम गरेको छ । पार्टीका संस्थापक नेता कोईरालाको ३८ औं स्मृति दिवसको अवसरमा मंगलबार रुपन्देहीको देवदह स्थित मिलन सामुदायिक वनको विपि बाटिकामा वृक्षारोपण गरीएको हो ।  

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि संसदको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले दुइ तिहाइको कम्युनिष्ट सरकारले आफना नेता कार्यकर्तालाई कमाउ धन्दामा लगाएर आफु पनि भ्रष्टाचारमा लिप्त भएको बताए । सरकारले महामारीका बेला समेत स्वास्थ्य सामाग्री खरिदमा करोडौ भ्रष्ट्रचार गरेर आम जनताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गरेको नेता शाहले बताए । ओली सरकार इतिहासकै भ्रष्ट र नालायक भएकाले आफनै पार्टी भित्रबाट सरकारको आलोचना भइरहेको पनि बताए । बाढी पहिरो, कोरोना जस्ता महामारी र विपतबाट जनतालाई जोगाउन नसकेको भन्दै उनले मुलुकको समृद्धि र जनताको सर्वोपरी हितकालागि कांग्रेस अपरिहार्य रहेको बताए ।  

विपीले देखाएको बाटोमा हिँड्न सकेमात्रै उहाँप्रति सच्चा सम्मान हुने उल्लेख गर्दै नेता शाहले मुलुकको बिकास र समृद्धिकालागि नेपाली कांग्रेस अझ शसक्त र सुदृढ भएर अगाडी बढ्ने बताए । कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले विपीले लिएको प्रजातान्त्रीक समाजबाद गरिबी बढाउने समाजबाद नभइ समतामुलक विकासको सिद्धान्तमा आधारित रहेको बताए । दुइ तिहाइको कम्युनिष्ट सरकारले गरिबलाई झन गरिब वनाउदै लैजाने नीति लिएको आरोप लगाउदै उनले विपिले देखाएको बाटो, सिद्धान्त र बिचारमा आधारित रहेर सिंगो मुलुकलाई अगाडी बढाउन नेपाली कांग्रेस गम्भिर भएर अगाडी बढनु पर्नेमा जोड दिए ।  

कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकाल, पुर्व उपसभापती मनोरमा शेरचन,काँग्रेसका जिल्ला सचिव रामकृष्ण खाँण,क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री, देवदह नगर सभापति गुणाखर भूर्तेल, मिलन सामुदायिक वनका अध्यक्ष तेजबहादुर कुवँर लगायतले बोल्दै देश र जनताको हितकालागि नेपाली काँग्रेसको विकल्प नभएको भन्दै विपिले देखाएको बाटोमा पार्टीलाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।  

यसैबिच विपि  स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले  विपीको शालिकमा माल्यार्पण कार्यक्रम गरेको छ । बुटवलको विपी चोकमा रहेको विपीको शालिकमा माल्यार्पण गर्दै कांग्रेस नेताहरुले सिंगो देशलाई मेलमिलापको बाटोमा डोर्याउन सक्ने विपिको मेलमिलापको नीति अनुरुप नै पार्टीलाई अगाडी बढाउनु पर्ने बताए । कांग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापती अब्दुल रज्जाक क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्साल, महासमिति सदस्य बालकुमारी भण्डारी नगर उपसभापति बिमलराज भट्टराई, सचिव ज्योती भण्डारी लगायतले बोल्दै राष्ट्रियता,विकास र जनताको सर्वोपरी हितकालागि  विपिले देखाएकै मार्गमा हिडनु पर्नेमा जोड दिए । 

प्रकाशित: ६ श्रावण २०७७ १८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App