राजनीति

कांग्रेसको केन्द्रीय महिला विभागमा सचिवसहित ३८ सदस्य मनोनित (नामसहित)

शेरबहादुर देउवा

नेपाली कांग्रेसको केन्द्रीय महिला विभागमा एक सचिवसहित ३८ सदस्य मनोनयन गरिएको छ ।  

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)  को धारा २५ (९)  बमोजिम सोमबार केन्द्रीय महिला विभागमा लक्ष्मी खतिवडालाई सचिव र अन्यलाई सदस्यमा मनोनयन गरेका हुन् ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिअनुसार सभापति देउवाले विभागको प्रमुखमा यसअघि गत फागुन १९ गते नै पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई मनोनयन गरिसकेका छन् ।  

मनोनित सदस्यको नामावली हेर्न तलको लिंक खोल्नुहोला : https://drive.google.com/file/d/14MJRVKPdCnLCDu_XTL-sCXnqJi8O5jQb/view

प्रकाशित: ५ श्रावण २०७७ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App