राजनीति

नेकपा स्थायी कमिटि बैठक पुनः स्थगित

फाइल तस्बीर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटि बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ। शुक्रवार बिहान बस्ने भनिएको बैठक आजै ३ बजेसम्मका लागि स्थगित भएकोमा पुनः साउन ४ गतेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।  

 

यो पनि पढ्नुहोस्

स्थायी कमिटी बैठक ४ घण्टालाई स्थगित गरेर ओली-दाहाल छलफलमा

 

असार १० गतेदेखि जारी नेकपा बैठक पकट पटक स्थगित हुँदै आएको छ। बैठक स्थगित गर्दै दुई अध्यक्षबीच छलफल चलिरहेको भए पनि सहमतिको विन्दु फेला परेको छैन।  बिहिबार पनि दुई अध्यक्ष र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको थियो। तर ओली र दाहाल(नेपाल पुरानै अडानमा अडिग भएपछि छलफलले कुनै निष्कर्ष निकालेन। आज स्थायी कमिटी अगाडि पनि दुई अध्यक्षबीच छलफल जारी छ। छलफल पछि बैठक बस्ने तयारी छ।  

दाहाल-नेपालले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने बताउँदै आएका छन् भने ओलीले राजीनामा बाहेक सबै विषयमा छलफल गर्न सकिने बताउँदै आएका छन्।

* नेकपा स्थायी कमिटी बैठक हुनुपर्नेमा अन्यथा भएकोले सच्याएको छ।

प्रकाशित: २ श्रावण २०७७ ०७:१५ शुक्रबार

नेकपा सचिवालय बैठक