राजनीति

बालुवाटारमा ओली, दाहाल र नेपालको छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र रहेको विवादलाई समाधान गर्न तीन नेता छलफलमा जुटेका छन्। अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दहाल र बरिष्ठ नेता माधव नेपाल छलफलमा जुटेका हुन्।

नेताहरुको विवादका कारण जारी स्थायी कमिटी बैठक पनि स्थगित छ। दाहाल-नेपाल समूहले ओलीको राजीनामा माग गर्दै आएका छन्। स्थायी कमिटी बैठकमा पनि ३० जनाले ओलीले पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका छन्।  

तर प्रधानमन्त्री समेत रहेका ओलीले राजीनामा बाहेक सबै विषयमा छलफल गर्न सकिने बताउँदै आएका छन्। स्थायी कमिटी बैठक अगाडि सहमति निकाल्ने भन्दै शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। यस अघि नेताहरुबीच छलफल चले पनि निकास निस्कन सकेको छैन। निर्णायक वार्ता बस्ने भन्दै तीन नेता छलफलमा जुटेका हुन्।

 

 

प्रकाशित: १ श्रावण २०७७ ०७:५२ बिहीबार

नेकपा