राजनीति

नेकपाका दुई अध्यक्षबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि सहमति जुटाउन आज पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल भोलि पुनः बस्नेगरी सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको भेटवार्तामा आगामी साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति कायम गर्नका लागि छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

पार्टीको आन्तरिक विवाद मिलाउन दुई अध्यक्षबीच दैनिक जसो बैठक भइरहेको छ । मङ्गलबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो । बिहीबार पुनः छलफल गर्ने गरी आजको छलफल सकिएको छ । 

प्रकाशित: ३१ असार २०७७ १२:४३ बुधबार

नेकपा भेटवार्ता विवाद समाधान