राजनीति

बाढीबाट क्षति यकिन गर्न मन्त्रीस्तरीय समिति

बाढी तथा डुबानबाट भएका क्षतिको स्थलगत अनुगमन गरी पीडितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले मन्त्रीस्तरीय विपद अनुगमन तथा व्यवस्थापन समिति गठन गरेको छ ।

मन्त्री परिषदको मंगलबार दिउँसो बसेको बैठकले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र उद्योग वन पर्यटन तथा संस्कृतिमन्त्री रामनरेश राय सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको मुख्य मन्त्रीका प्रेस संयोजक आतिष झाले बताए । 

समितिले प्रदेशको आठवटै जिल्लमा बाढी तथा डुबानबाट भएको क्षतिको स्थलगत अनुगमन गरी यकिन विवरण संकलन गर्नेछ । विवरणको आधारमा प्रदेश सरकारले पीडितलाई राहत उपलब्ध गराउनेछ ।

प्रकाशित: ३० असार २०७७ ११:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App