राजनीति

कोरोना संक्रमित ब्राजिलियन राष्ट्रपतिको उदाहरण दिँदै प्रधानमन्त्री ओलीप्रति गगन थापाको यस्तो व्यंग्य

क्याप्शन

कोरोना भाइरसबाट संक्रमित ब्राजिलियन राष्ट्रपतिको उदाहरण दिँदै नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सांकेतिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् ।  

फेसबुकमा स्टाटस लेख्दै नेता थापाले ‘कोरोनाका विषयमा उटपट्याङ बोल्ने’ ब्राजिलका राष्ट्रपति आफैं संक्रमित भएको र ‘जिम्मेवारीमा बसेर उटपट्याङ काम कुरा गर्ने हाम्रातिरकाले यो थाहा पाए कि पाएनन् होला’ भनेर प्रधानमन्त्री ओलीको नाम नलिईकन व्यंग्य गरेका हुन् ।  

‘ब्राजिलका राष्ट्रपति कोरोनाका विषयमा उटपट्याङ बोल्थे। आफू स्वास्थ्य सावधानी नअपनाउने उल्टै स्वस्थ्य व्यक्तिलाई केही हुन्न भन्ने र अप्रमाणित उपचार विधि सुझाउँथे। अहिले आफैं संक्रमित भएछन्,’ नेता थापाले लेखेका छन्, ‘जिम्मेवारीमा बसेर उटपट्याङ काम कुरा गर्ने हाम्रातिरकाले यो थाह पाए कि पाएनन् होला?’

हेरौं, गगन थापाको फेसबुक लिंक :

Gagan Thapa

ब्राजिलका राष्ट्रपति कोरोनाका विषयमा उटपट्याङ बोल्थे।आफू स्वास्थ्य सावधानी नअपनाउने उल्टै स्वस्थ्य व्यक्तिलाई केही हुन्न भन्ने र अप्रमाणित उपचार विधि सुझाउँथे।अहिले आफै संक्रमित भएछन्।

जिम्मेवारीमा बसेर उटपट्याङ काम कुरा गर्ने हाम्रा तिरकाले यो थाह पाए कि पाएनन् होला?

प्रकाशित: २५ असार २०७७ ०९:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App