राजनीति

नेकपा स्थायी कमिटी बैठक पुन: स्थगित

फाइल तस्बिर।

आज बस्ने भनिएको सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठक असार २६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ। स्थायी कमिटीको बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक नेकपा नेताहरूको आन्तरिक विवादका कारण पटकपटक सरेको हो।  

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकार दुबै राम्रोसँग चलाउन नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधब नेपाल समूहले प्रम ओलीलाई दुब पदबाट राजिनामा दिन दबाब दिदैं आएका छन्।

प्रम ओलीले आफू विरूद्ध मोर्चाबन्दी गरेकोभन्दै  कुनै पनि हालतमा दुबै पद नछोड्ने बताउँदै आएका छन्।

पार्टी एकताका लागि दुई अध्यक्ष मिल्नुपर्ने नेता कार्यकर्ताको दवाव पछि ओली र प्रचण्ड नियमित छलफलमा बसेका छन्।

प्रकाशित: २४ असार २०७७ ०४:३७ बुधबार

नेकपा स्थायी कमिटी बैठक