राजनीति

ओली-दाहालबीच बालुवाटारमा डेढ घण्टा छलफल

फाइल तस्बीर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा डेढघण्टा छलफल गरेका ओली दाहालबीच के सहमति भयो भन्ने खुलेको छैन। 

तर छलफल सकारात्मक भएको स्रोतले बताएकाे छ। अध्यक्षद्वय ओली-दाहालबीच आइतबार पनि छलफल भएको थियो। आइतवारको छलफलमा पार्टीमा देखिएको विवाद छलफलकै माध्यमबाट समाधान गर्ने सहमति भएको थियो। 

प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको छ। पार्टीमा देखिएको विवादका कारण नेकपाको जारी स्थायी समिति बैठक पनि सर्दै गएको छ। शनिवारबाट सोमबार सारिएको बैठक आज पनि नबसी बुधबारसम्मका लागि सारिएको छ।

प्रकाशित: २२ असार २०७७ ०७:३२ सोमबार

नेकपा विवाद ओली-दाहाल