राजनीति

दुई-दुई जना सहयोगी राखेर ओली-दाहालबीच निर्णायक वार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बार्ता सुरु भएको छ।  

यस अघि दाहाल सहितका नेताहरुले राष्ट्रपति विद्या भण्डारीलाई भेटेका थिए। भेटमा उनीहरुकले प्रधानमन्त्री ओलीका गलत कदममा साथ नदिन राष्ट्रपतिलाई आग्रह गरेका थिए।

बालुवाटरमा जारी निर्णायक भनिएको बार्तामा विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागि छन्।

नेकपाको सोमबार बस्ने स्थायी कमिटी बैठक अघि सहमति निकाल्न नेताहरु प्रयासरत छन्। शुक्रबार पनि दुई अध्याक्षबीच तीन घण्टा लामो छलफल भए पनि सहमति भएको थिएन। ओलीले राजीनामा बाहेकका सबै विषयमा छलफल गर्न सकिने बताउँदै आएका छन् भने स्थायी समितिमा ३० जनाले ओलीको राजीनामा मागेका छन्।

 

प्रकाशित: २१ असार २०७७ ०७:२८ आइतबार

नेकपा नेकपा विवाद