राजनीति

क्वारेन्टिन ब्यवस्थापनमा चुक्यौं : मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना नियन्त्रणका क्षेत्रमा सरकारले गरेका कामको बचाउ गरेका छन्। शुक्रबार मन्त्रालयमा पत्रकारसम्मेलन गर्दै उनले कोभिड १९ नियन्त्रणमा सरकारले गरेका प्रयत्नहरु सकारात्मक भएको बताए।

कामहरु सकारात्मक हुँदा हुँदै पनि क्वारेन्टिन व्यवस्थापनमा चुकेको बताए। 'क्वारेन्टिनको व्यवस्थापन राम्रोसँग नहुँदा पनि संक्रमण बढ्यो। दक्षिण तिरको सीमाका कारण कोरोनाको ग्राफ बढ्यो', उनले भने, 'दक्षिण एसियाका देश र अन्य देशको तुलनामा हाम्रा प्रयत्न सकारात्मक छन्। आंकलन गरे भन्दा धेरै मानिस खुला सीमानाबाट प्रवेश गरे। त्यसकारण क्वारेन्टिन ब्यवस्थित हुन सकेनन्।'  त्यो बाहेक नियत बस खोट लगाउनु बाहेक अरु हिसाले खोट लगाउनु पर्छ जस्तो नलाग्ने उनको भनाई छ। उनले थपे, 'नियतको त औषधी हुँदैन।'  

गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण डिसेम्वर सम्ममा सकिने र त्यसको तीन महिनामा संचालन हुने उनले बताए। लकडाउनको अवधिमा त्रिभुवन विमानस्थलको ३ सय मिटर धावनमार्ग बनाउने काम भएको भट्टराईले बताए। पर्यटन क्षेत्रमा १० खर्व भन्दा बढी लगानी भएको र त्यसको सुरक्षाको लागि सरकार लागिरहेको उनले बताए। पर्यटनमा साढे २ लाख प्रत्यक्ष रोजगारी र अप्रत्यक्ष ८ लाख मानिस रोजगारीमा रहेको उनले बताए।

 

 

 

 

प्रकाशित: १९ असार २०७७ ०६:५९ शुक्रबार

क्वारेन्टिन