राजनीति

सर्वोच्चद्वारा सीमा सुरक्षाबारे सरकारसँग कारण माग

सीमा सुरक्षाका विषयमा परेको एउटा रिट निवेदनका सन्दर्भमा सर्वोच्च अदालतले सरकारसंग कारण माग गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले कारण माग गर्दै १५ दिन भित्र लिखित जवाफ पेश गर्न समेत आदेश भएको छ। विषयवस्तुको गंभीरतालाई समेत मध्यनजर गरी सो विषयलाई इजलासले अग्राधिकार समेत दिएको छ।

भारतसँगको नेपालको सीमा ब्यवस्थित नभएका कारण धेरै समस्याहरु रहेको दावी सहित नेपाल सरकारको नाममा आदेशको माग गर्दै  दायर भएको रिट निवेदनको सुनुवाईपछि सर्वोच्च अदालतबाट सो आदेश भएको हो।

शुक्रबारको सनुवाईमा रिट निवेदक सालिकराम सापकोटा, बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की र अधिवक्ताहरु मनीषकुमार श्रेष्ठ, विकास भट्टराई, अनन्तराज लुईटेल, कीर्तिनाथ शर्मा पौडेल, रामेश्वरप्रसाद कोइराला तथा अमिता गौतम लगायतले बहस गरेका थिए।  

 

प्रकाशित: १२ असार २०७७ १२:३३ शुक्रबार

सर्वोच्च अदालत