राष्ट्रिय सभाको बैठक २०७७ असार ११ गते बिहीबार दिनको १०० बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउने छन् ।
फुयालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएका नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ र संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ का सम्बन्धमा जानकारी दिनेछन् ।
प्रकाशित: ११ असार २०७७ ०५:२८ बिहीबार