राजनीति

सजपा सांसदद्वारा नागरिकता विधेयको विरोध

समाजवादी जनता पार्टी (सजपा) नेपालका सांसदहरुले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको कडा विरोध गरेका छन्।  

मधेश विरोधी निर्णय सरकारले गरेको उल्लेख गर्दै सांसदहरुले विधेयक नसाच्याए सदन र सडकबाट आन्दोलन सुरु हुने चेतावनी समेत दिएका छन्। २०६३ सालमा भएको सहमति अनुसार ६ महिनाभित्र अंगीकृत नागरिकता पाउने प्रवाधान राखिएपनि अहिले सरकारले सहमति उलंघन गरेर मधेशसँगको सम्बन्ध तोड्न खोजेको सजपा सांसद महिन्द्र राय यादवले बताए। उनले भने, 'भारतसँग विशेष सम्बन्ध छ। रोटी बेटीको सम्बन्ध छ। ७ वर्षको समय तोकिएको छ। यसमा सरकारले गम्भिरताका साथ छलफल गरेर सहमतिको वातावरण बनाउन सकिन्छ। भएन भने सडकदेखि सदनसम्म आन्दोलनमा जाउ भन्न खोजेको हो ?  मधेशसँगको सम्बन्ध तोड्न चाहान्छ। मधेशमा आन्दोलनको संकेत देखिएको छ। यसको जिम्मेवारी सरकारले लिनुपर्छ।’’

समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले सरकारले मधेशमाथि ठूलो अन्याय गरेको बताए। भारतीय चेलीहरुका कारण कुन चाही दुर्घटना घटेर संसदीय समितिले यस्तो निर्णय गर्योक भन्दै उनले प्रश्न गरे। सरकारले मधेशी जनतालाई तार्गेट गरेर मधेशको जमिन नेपालको तर जनता भारतीय भएको भन्ने महशुस गराएको उनले बताए। निर्णय मधेश विरोधी भएको उल्लेख गर्दै उनले निर्णय नसच्चिए सदन र सडकमा विद्रोह हुने चेतावनी दिए।

 

प्रकाशित: ९ असार २०७७ ०९:१५ मंगलबार

अंगिकृत नागरिकता