राजनीति

वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव राज्य व्यवस्था समितिबाट पारित

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव राज्यव्यवस्था समितिबाट पारित भएको छ ।  

उक्त प्रस्ताव राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पास गरेको हो। तर यस विषयमा नेपाल कम्युनिस्ट पार्टी बाहेकका दलले फरक मत राखेका छन्।  

राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोले पनि नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्तावले संविधानको मुल मर्म माथि प्रहार गरेको बताए। समितिको बैठकमा उक्त व्यवस्थाको विरोध गर्दै सरकार उल्टो बाटोमा हिँडिरहेको टिप्पणी गरे।

 

 

प्रकाशित: ७ असार २०७७ १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App