राजनीति

राष्ट्रियसभाकाे बैठक बिहान ११ बजेदेखि बस्दै

बिहान ११ बजेदेखि बस्ने राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७७,  राष्ट्र ऋण उठाउने विधेयक, २०७७ र ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७  माथि विचार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत  गर्ने भएका छन् ।

त्यस्तै,  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त  ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

प्रकाशित: ५ असार २०७७ ०५:०२ शुक्रबार

राष्ट्रियसभा बैठक