राजनीति

‘आन्तरिक एकताले बाह्य सम्बन्धमा अर्थ राख्छ’

आन्तरिक राजनीतिमा मतभिन्नता भए पनि पनि भारतले अतिक्रमण गरेको नेपाली भूगोलसमेत समावेश नयाँ नक्सा सार्वजनिक गर्ने र त्यसलाई वैधता दिने विषयमा दलहरू एकमत देखिए। छिमेकी मुलुकहरुसँगको सम्बन्ध र दैनिक परराष्ट्र नीति सञ्चालनमा पनि निरन्तर रुपमा यस्तै किसिमको सन्देश दिनसके नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्न सहज हुने जानकार बताउँछन्।  

परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई मुलुकको भूगोलसँग जोडिएको महŒवपूर्ण विषय सम्बोधन गर्न ल्याइएको संविधान संशोधन विधेय पारित तगर्न दलहरूबीच देखिएको एकतालाई अभूतपूर्व ठान्छन्। उनी यो एकतालाई संस्थागत गर्नुपर्ने बताउँछन्। ‘यो क्षणलाई हामीले संस्थागत गर्नुपर्छ। विदेश नीति, देशको राष्ट्रियता र राष्ट्रिय अखण्डता जस्ता कुरामा हामी एक छौं भन्ने सन्देश आज प्रवाह भएको छ। दैनिक परराष्ट्र नीति सञ्चालनमा पनि यो सन्दैश प्रवाह हुनुुपर्छ,’ भट्टराईले भने। उनले यो निकै राम्रो पक्ष भएको र राष्ट्रियताका सबालमा मधेस, पहाड र हिमाल सबै एकैठाउँमा आएको बताए। यस्ता महŒवपूर्ण विषय जुन पार्टीले उठाए पनि सबैले एउटै आवाज र एकै किसिमको सन्देश छिमेकी मुलुकलाई दिन सके नेपालको राष्ट्रिय शक्ति  बलियो हुने भट्टराई बताउँछन्।  

परराष्ट्र मामिलाका अर्का जानकार मधुरमण आचार्य संसद्मा शनिबार देखिएको दलीय एकताले नेपालको राष्ट्रिय पोजिसन तय भएको बताउँछन्। महŒवपूर्ण विषयमा राष्ट्रिय एकता हुनैपर्ने उनको भनाइ छ। संसद्मा शनिबार देखिएको एकताले कुनै नै कुनै हिसाबले परराष्ट्र नीतिलाई निर्देशित गर्ने उनी बताउँछन्।  

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे खण्डित भएको नेपालको भौगोलिक अखण्डता पुनस्र्थापित गर्ने प्रयास नयाँ चरणमा प्रवेश गरेको बताउँछन। उनी अब कूटनीतिलाई राजनीतिले ओझेलमा पार्न नहुने बताउँछन्। राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा प्रारम्भको नभएर परिणामको मात्रै गणना हुने पाण्डे बताउँछन्।    

नेपालमा भूगोल र राष्ट्रवादको विषय पटकपटक उठ्ने गरेको छ। विशेषगरी पहाडले मधेसलाई हेर्ने दृष्टिकोण र मधेसी जनताको राष्ट्रवाद र राष्ट्रियताप्रति पहाडले गर्ने आशंकाले राष्ट्रिय एकतामा बेला बेलामा विवाद पनि सिर्जना हुने गरेको छ। प्रतिनिधिसभाको शनिबारको बैठकमा पनि मधेसकेन्द्रित दलका तर्फबाट बोल्दै उपेन्द्र यादव र राजेन्द्र महतोले यो विषयलाई महŒवका साथ उठान गर्दै मधेसीको राष्ट्रियतामाथि पटक पटक प्रश्न नगर्न आग्रह गरे।  

राजनीतिक विश्लेषक हरि रोका पछिल्लोपटक संविधान निर्माणका बेला मधेसकेन्द्रित दलहरुले निर्वाह गरेको भूमिकाका कारण उनीहरुमाथि केही आशंका उत्पन्न गरेको बताउँछन्। संविधान जारी गरेपछि मधेसकेन्द्रित दललाई देखाएर भारतले नाकाबन्दी गरेकाले केही आशंका उत्पन्न भए पनि मधेसी समुदायको राष्ट्रवाद सुगौली सन्धिकै बेला परीक्षण भइसकेकाले आशंका गर्न आवश्यक नभएको रोका बताउँछन्।

सन् १८१६ मा नै ब्रिटिस इस्ट इन्डिया कम्पनीले तराईमा बस्नेलाई नेपालमा बस्ने वा ब्रिटिस भारतमा भनेर सोध्दा उनीहरूले नेपालमै बस्ने निर्णय गरेकाले राष्ट्रियताको विषयमा उनीहरूलाई शंका गर्नु उचित नभएको रोकाको निष्कर्ष छ। विगतमा राष्ट्रको हितविपरीत भएका सन्धि सम्झौता पनि मधेसले नगरेको भन्दै उनले शनिबार संसद्मा मधेसका नेताहरुले उठाएका विषय  जायज रहेको र उनीहरुको राष्ट्रियतामाथि शंका गर्नु गलत हुने बताए। रोका मधेसभन्दा पहाडमा बस्ने नेताहरुको आचरण र व्यवहार शंकास्पद भएको बताउँछन्।  

पूर्वपरराष्ट्रमन्त्री पाण्डे देशभक्तिले राष्ट्रिय एकता बलियो बनाउने बताउँछन्। उनी हिमाल, पहाड तराई जहाँ बस्ने भए पनि सबै नेपाली देशभक्त भएको बताउँछन्। राष्ट्रवादलाई कलह वा विभाजनको निहुँ बनाउनु नेपालको हितमा नहुने उनको बुझाइ छ।

 

प्रकाशित: ३२ जेष्ठ २०७७ ००:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App