राजनीति

भारतसँग वार्ता अघि बढ्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसंगको वार्ता अघि बढाउने बताएका छन्।  

उनले अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा  समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब वार्ताको काम अघि बढ्ने बताए। संघीय संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै वार्ता हुने बताए।  

उनले भने, ‘राष्ट्रियताको पक्षमा अखण्डताको यो बहुत राम्रो कुरा हो। केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो। विपक्षमा कोही छैनन्। सिंगो देश एकजुट भएको छ।’

नेपाली भूमि फिर्ताका लागि संविधान संशोधन भएपनि अबको कदम के हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘अब छिट्टै वार्ता हुने’ बताए। उनले भने, ‘अब वार्ता हुन्छ। अगाडि बढ्छ।’  

 

 

 

प्रकाशित: ३१ जेष्ठ २०७७ १५:३३ शनिबार

प्रधानमन्त्री नयाँ नक्सा