राजनीति

सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत

समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन्।

संशोधन विधेयकमा छलफल सुरु हुनासाथ उनी कुरा राख्न उठेकी थिइन्। गिरी उठिरहँदा सांसदहरुले हुटिङ गरेका थिए। गिरी आफ्नो कुर्सीबाट उठेपछि सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधन प्रस्ताव नियम ११२ अनुसार नभएकोले अस्वीकृत गरेको बताएका थिए।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी गरेपछि नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको हो।  

 

 

प्रकाशित: ३१ जेष्ठ २०७७ ०८:०७ शनिबार

संविधान संशोधन