राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्दै । तस्बिर: रासस

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग  नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज  शिष्टाचार बिदाइ भेट गरेका छन्।

राष्ट्रपतिसँग शीतल निवासमा भएको भेटमा  उनीहरुबीच दक्षिण कोरिया र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राजदूत पार्कले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार बिदाइ भेट गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले शुक्रबार बालुवाटारमा शिष्टाचार बिदाइ भेट गर्दै । तस्वीर:रासस

प्रकाशित: ३० जेष्ठ २०७७ ११:५३ शुक्रबार

दक्षिण कोरिया विद्यादेवी भण्डारी केपी शर्मा ओली