राजनीति

पूर्व राज्यमन्त्री मेघराज निसाधको निधन

पूर्व राज्यमन्त्री मेघराज निसाधको निधन भएकाे छ । मिर्गाैला सम्बन्धी समस्याबाट पीडित ६५ वर्षीय निसाधको उपचारकै क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मंगलबार दिउँसो निधन भएको हो । उनकाे निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। 

ओलीले शोक वक्तव्य जारी गर्दै निसादको सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तित्वबारे चर्चा गरेका छन्। उनले वक्तव्यमा भनेका छन्, ‘उहाँलाई राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान ब्यक्तिको रुपमा पाएको थिएँ ।Ú

प्रधानमन्त्री ओली पहिलो पटकको कार्यकालमा मधेश समता पार्टीका तर्फबाट निसाद उद्योग राज्यमन्त्री थिए । पछिल्लो समय निसादले नेतृत्व गर्नु भएको मधेस समता पार्टी नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको थियो ।

प्रकाशित: २७ जेष्ठ २०७७ १७:४३ मंगलबार

निधन मेघराज निसाध